त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको विमान चिप्लियो, विमानस्थल अवरुद्ध

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौंमा आएका यती एयरलाइन्सको एटीआर–७२  विमान   अवतरण गर्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल रहेको जानकारी दिए ।

अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको हो ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले  सबै उडान तथा अवतरण  अवरुद्ध भएको छ । अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय तिवारीले जानकारी दिए ।


Back_to_top