काठमाडौं । केही वर्षअघिसम्म व्याट्रीको पावरले पनि गाडी उकालोमा चढ्छ र भन्ने भनाई नेपाली अटो क्षेत्रमा चलन चल्तीमा थियो । तर, अब समय परिवर्तन भएको छ । नेपाली सडकमा महंगा इलेक्ट्री एसयूभी कुद्न थालिसकेका छन् ।
इलेक्ट्रीक कार टेक्नलोजीको मुख्य चिन्ताको रुपमा रहेको व्याट्रीको लाइफ कति समय भन्ने विषयमा चाँडैनै परिवर्तन आउने सम्भावनाहरु देखा पर्न थालेका छन् ।
संचालन खर्च एकदमै सस्तो रहेता पनि व्याट्री परिवर्तन गर्न परेमा ठूलो धनराशी एकै पटक खर्च गर्नु पर्ने अवस्थामा रहेकाले धेरै जसो मानिसले इलेक्ट्रीक गाडी किन्न हिच्कीचाएका थिए । अब भने यसमा ठूलो राहत मिल्ने संकेतहरु देखिन थालेका छन् ।

अमेरिका इलेक्ट्रीक कार उत्पादक कम्पनी टेस्लाले एक मिलियन माईलसम्म चल्ने व्याट्रीको परिक्षण गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यदि यो परिक्षण सफल हुने हो भने कारमा रहेको व्याट्रीको लाइफ १६ लाख किलोमिटर हुने छ ।
यदि कुनै कार १६ लाख किमि एउटै व्याट्रीबाट चल्छ भने त्यो क्षमता कारको पुरै जिवनभर पुग्ने छ । कुनै पनि कार १६ लाख किलोमिटर गुड्नकाको लागि कयौ दशक लाग्न सक्छ । र, मानिसलाई बीचमा व्याट्री परिवर्तन गर्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।
टेस्लाले परिक्षण गरिरहेको व्याट्री निकेल मेटल हाइडाइड हो जसको चार्जिङ्ग साइकल ६ हजार पटक हुनेछ । यसको विकाससँगै अब टेस्लाको पानासोनीक सँगको व्याट्री निर्भरता पनि सकिने अनुमान गरिएको छ ।
ग्रीनकाररिपोर्ट डटकमका अनुसार यी व्याट्रीहरु विभिन्न वातावरण र परिभेषमा परिक्षण भइसकेको छ । यसलाई क्यानडामा २०, ४० र ५० डिग्रीको वातावरणमा चार्ज र डिस्चार्ज गराएर परिक्षण गरिसकेको दाबी गरिएको छ ।
यी व्याट्रीहरु विधुतीय ग्रिडको स्टोरेजका लागि समेत २० वर्षका लागि प्रयोग गर्न सकिनेछ ।

