नाडाका अध्यक्षको आक्रोसः सुन र सुपारीभन्दा खराव हो ‘सवारीसाधन’ ?

काठमाडौं । सरकारले अर्को ४५ दिनको लागि सवारी साधनको आयातमा प्रतिबन्ध लगाएसँगै नाडाका अध्यक्ष ध्रुब थापाले नीति निर्माताको कार्यशैली माथि नै प्रश्न उठाएका छन् ।

सरकारले आगामी भदौ १४ गतेसम्मको लागि सवारीसाधन लगायका केही बस्तुमाथि गरिएको प्रतिबन्ध कायम राखेसँगै नाडा, अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले सवारीसाधनलाई राज्यले हेर्ने नजरको विषयमा शोसल मिडिया फेसबुकमा स्टाटस लेखेर नीति निर्माता माथि प्रश्न उठाएका हुन् ।

अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘यो देशका नीति निर्माताहरुका लागि सुन र सुपारी जस्ता बस्तु अत्यावश्यक भित्र पर्छन् । यी बस्तुको आयातमा कुनै रोकावट हुँदैन । तर, जुन बस्तु नहुँदा कर्मचारीहरु कार्यालय पुग्न सक्दैनन्, जसको बीना उद्योगधन्दा संचालन गर्न सकिदैन । यसको प्रयोग बीना जनताले खाने खाद्यन्न बजारसम्म पुग्दैन । यस्तो बस्तु अर्थात सवारीसाधन अत्यावश्यक बस्तुमा पर्दैन । यसलाई विलासीता र अनुत्पादक बस्तुको सूचीमा राखिन्छ र प्रतिबन्ध लगाइन्छ ।’

अध्यक्ष थापाको आक्रोस आसन्न भदौ ७ गतेबाट हुने भनिएको नाडा अटो शोमा प्रदर्शन गर्न ल्याउन खोजिएका गाडीसमेत आउन नसक्ने भएपछि आएको हुन सक्ने आँकलन गर्न गिरएकाे छ ।


Back_to_top