राति ८ बजेपछि पनि गाडी चलाउन पाइने

काठमाडौं । स्थानीय प्रशासनले कोभिड १९ को कारण देखाउँदै राति ८ वजेपछि गाडी चलाउन लगाएको रोक हटेको छ ।

उपत्यकका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज मंगलबार बसेको बैठकले राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधनलाई लगाएको बन्देज हटाएको हो ।

भदौ ८ देखि १६ गतेसम्म निषेधाज्ञा थपगर्दै रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।


Back_to_top