यस्तो छ विश्व प्रसिद्ध मोटर उत्पादक कम्पनीको ७ रोचक तथ्य

काठमाडौं । बिएमडब्ल्यू विश्वको ठूलो तथा चर्चित लग्जरी अटो ब्राण्ड हो । विश्वका ठूला राजनीतिज्ञ, सेलिब्रेटी तथा कर्पोरेट क्षेत्रको रोजाइमा पर्न सफल बिएमडब्ल्यू एक प्रसिद्ध जर्मन अटो कम्पनी हो ।

बिएमडब्ल्यूको इतिहास १०० वर्षभन्दा लामो रहेको छ । सन् १९१६ मा स्थापना भएका बिएमडब्ल्यू सुरुमा हवाई इन्जिन बनाउने कम्पनी थियो । जर्मनको म्युनिख सहरमा मुख्यालय रहेको कम्पनीको विश्वभरी जर्मन, ब्राजिल, चाइना, भारत, साउथ अफ्रिका, वेलायत, अमेरिका तथा मेक्सीकोमा प्लान्ट रहेको छ ।

नेपालमा पनि केही राणा/शाहहरुले बिएमडब्ल्यूका कारहरु चढिरहेको पाइन्छ । लकडाउन सुरु नभएको भए लक्ष्मी प्रिमियमले नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु गर्ने थियो । लग्जरी कार ब्राण्ड बिएमडब्ल्यूको केही रोचक इतिहासको यहाँ चर्चा गरिएको छ ।

१. बिएमडब्ल्यूको सुरुवात मोटर बनाउने कम्पनी थिएन

सन् १९१६ मा स्थापना भएको बिएमडब्ल्यू सुरुमा मोटर बनाउने कम्पनीको रुपमा स्थापना भएको होइन । उक्त समयमा बिएमडब्ल्यूले प्रथम विश्व युद्धमा जर्मन सेनाले प्रयोग गर्ने फाइटर प्लेनको लागि चार सिलिण्डरको इन्जिन बनाउने गथ्यो । उक्त समयमा बिएमडब्ल्यूको इन्जिन फाइटर प्लेनका पाइलटहरुले निकै प्रसंम्सा गरेका थिए । उक्त प्लेनले सो समयमा ३२ हजार फिटसम्मको उचाइमा उडान गरेर विश्व रेकर्ड समेत राखेको थियो ।

२. विश्व युद्धको समाप्तीको कारण कार उत्पादनमा

प्रथम विश्व युद्धको समाप्तीपछि फाइटर प्लेनको इन्जिनको मागमा गिरावट आएसँगै बिएमडब्ल्यूले मोटर उत्पादनको प्रकुया सुरु गरेको हो । सुरुमा बिएमडब्ल्यूले अमेरिकी कम्पनी जीपको पाट्सहरु बनाउने काम गरेको थियो । पछि कम्पनीले अन्य अटो कम्पनीहरुलाई पनि इन्जिन डिजाइन र उत्पादन गर्न सुरु गरेको थियो ।

३. बिएमडब्ल्यूले कारभन्दा पहिला बाइक बनायो

बिएमडब्ल्यूले सन् १९१९ मा पहिलो मोटरसाइकल इन्जिन बनाएको थियो । आफ्नै ब्राण्डको मोटरसाइकल भने कम्पनीले सन् १९२३ मात्र लञ्च गरेको हो । मोटर साइकल बनाएको ५ वर्षपछि सन् १९२८ आएर मात्र बिएमडब्ल्यूले पहिलो मोटर बनाएको हो । पहिलो मोडलको नाम ‘बिएमडब्ल्यू डिक्सी’ रहेको थियो । उक्त कारमा रहेको ४ सिलिण्डरको इन्जिनले १५ हर्स पावरको शक्ति उत्पादन गथ्र्यो ।

४. बिएमडब्ल्यूको पहिलो कारको डिजाइनर बिएमडब्ल्यू होइन

आजको बिएमडब्ल्यू नाम नै उत्कृष्ट अटो डिजाइनको पर्याएबाची शब्द हो । तर सन् १९२८ मा उत्पादन भएको पहिलो बिएमडब्ल्यू कार वेलायती कार अस्टीन ७ बाट लिइएको हो । सानो बिएमडब्ल्यू कार डिक्सी अमेरिकी कार बन्टाम तथा जापनीज कार डाट्सन जस्तै रहेको थियो ।

५. बीएमडब्लुको मुख्यालयको डिजाइन चार सिलिण्डरको जस्तै

हालका दिनमा उत्पादन भएका उत्कृष्ट इन्जिनहरु ६ सिलिण्डरका रहेका छन् । तर बिएमडब्ल्यूका पहिलो इन्जिन भने फाइटर प्लनका लागि चार सिलिण्डरको रहेको थियो । पछि बिएमडब्ल्यूको मुख्यालयको डिजायन अष्ट्रियन आर्कीटेक्चर कार्ल श्वान्जरले आइकनीक चार सिलिण्डरको मुख्यालयको डिजाइन गरेका थिए । उक्त मुख्यालय विश्वका उत्कृष्ट कर्पोरेट अफिस डिजाइन मध्येमा पर्छ ।

६. बिएमडब्ल्यूले पहिलो इलेक्ट्रीक कार

हाल विश्वमा चर्चा परिचर्चा पाइरहेको इलेक्ट्रीक कार ४८ बर्ष पहिला नै कम्पनीले बनाएको थियो । बिएमडब्ल्यूले सन् १९७२ मै बनाएको उक्त कारले ४२ हर्स पावरको शक्ती उत्पादन गथ्र्यो । यसको रेञ्ज ६० किलोमिटरको रहेको थियो । अहिलेको बिएमडब्ल्यूको इलेक्ट्रीक कार आई३ ले १७० हर्सपावरको शक्ति उत्पादन गर्दै एक पटकको फुल चार्जमा १६० किलोमिटरको रेञ्ज प्रधान गर्छ ।

७. मर्सिडिजसँग झण्डै मर्ज भएको

सन् १९५९ विश्वमा छाएको सितयुद्धले बिएमडब्ल्यू झण्डै बैंकरप्स भएको थियो । बिएमडब्ल्यूको अफ्ट्यारो अवस्थाको सुइको पाएर मर्सिडिज बेञ्जको उत्पादक कम्पनी ड्याम्लर बेञ्जले आँखा लगाएको थियो । तर, ड्याम्लरको यो लक्ष्यलाई बिएमडब्ल्यूका शेयर होल्डरहरुले कडा प्रतिकार गरेका थिए ।

कम्पनीलाई जोगाउन तल्लो तहाका मेकानिक्सहरुले समेत पैसा हालेका थिए । पछि हर्वट क्वान्ट नामक व्यक्तीले कम्पनीको जिम्मेवारी समाले । क्वान्ट परिवारसँग अहिले पनि कम्पनीको ठूलो शेयर हिस्सा रहेको छ । सोहि कारणले मर्सिडिज र बिएमडब्ल्यूका बीच हालसम्म पनि कर्पोरेट परिदृष्यमा दुष्मनी रहेको छ ।


Back_to_top