काठमाडौं । लामो लकडाउनपछि भारतीय बजारमा गाडीका शोरुमहरु खुल्न सुरु भएका छन् । गाडीका शोरुमहरु खुल्न सुरु भएसँगै मे महिनामा कम्पनीहरुले बिक्री गरेको गाडीको तथ्यांक बाहिर आएको छ ।
मे महिनामा सबैभन्दा बढी गाडी मारुती सुजुकीले बिक्री गरेको छ । कम्पनीले १३ हजार ७०२ यूनिट कार बिक्री गरेको जनाएको छ । दोस्रो स्थानमा रहेको हुन्डाईले ६ हजार ८८३ यूनिट र तेस्रो स्थानमा रहेको महिन्द्राले ३ हजार ७४५ यूनिट गाडी बिक्री गरेका छन् ।
सूचीको चौथो स्थानमा टाटा मोटर्स रहेको छ । कम्पनीले मे महिनामा ३ हजार १५२ यूनिट गाडी बिक्री गरेको जनाएको छ । साथै, पाँचौ स्थानमा १ हजार ७५३ यूनिट कार बिक्री गदै रेनो परेको छ भने, छैटौ स्थानमा किया रहेको छ । कियाले मे महिनामा १ हजार ६६१ यूनिट गाडी बिक्री गरेको छ ।
त्यसैगरि सूचिको ७ औं स्थानमा टोयोटा रहेको छ । टोयोटाले १ हजार ६४१ यूनिट कार बिक्री गर्दा ८ औं स्थानमा रहेको फक्सवागेनले १ हजार ४०४ यूनिट कार बिक्री गरेको छ ।
सूचीको नवौं स्थानमा एमजी, १० औं स्थानमा फोर्ड र ११ औं स्थानमा स्कोडा रहेका छन् । यी कम्पनीले क्रमश ७१०, ५७१ र ५०८ यूनिट कार बेचेको जनाएका छन् ।
निसान मोटर्स ग्रुप १२ औं स्थानमा रहँदा होन्डा १३ औं स्थानमा र अन्तिममा फियात क्राइसलर रहेको छ । निसानले ३७८, होन्डाले ३७५ र फियात क्राइसलरले ९३ यूनिट कार बेचेको छ ।
समग्रमा मे महिनामा ३६ हजार ५७६ यूनिट कार बिक्री भएको हो ।
स्रोतः अटोपण्डित


