अचानक अर्को देशमा प्रधानमन्त्री लिन उडिरहेको प्लेन रोकिएपछि…

एजेन्सी । कुनै एक देशबाट अर्को देशका लागि उडिरहेको डाइरेक्ट फ्लाइट बीचमा अर्कै देशको एयरपोर्टमा ल्याण्ड हुने विशेष कारणले मात्रै हुन्छ । यस्ता घटना जहाजमा टेक्नीकल समस्या आएमा वा कुनै यात्रुलाई मेडिकल एमर्जेन्सी भएमा घट्ने गरेको पाइन्छ ।

तर, एयर न्यूजल्याण्डको एउटा फ्लाइट भने अनौठो कारणले अर्कै देशमा ल्याण्ड भएको छ । न्यूजल्याण्डबाट जापानको टोकियोका लागि उडेको एक रेगुलर फ्लाइट पपुवा न्यूगिनीमा प्रधानमन्त्रीलाई लिन रोकिन परेको हो ।

न्यूजल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसहित ५० व्यापारीक समूह न्यूजल्याण्डको अफिसियल जहाज रोयल न्यूजल्याण्ड डिफेन्स फोर्समा टोकियोका लागि उडेका थिए ।

जहाज पपुवा न्यूगिनीमा रिफिउलीङका लागि ल्याण्ड भएको थियो । तर, रिफिउलिङका लागि ल्याण्ड भएको ३० वर्ष पुरानो बोइङ ७५७ मा फ्यूजको समस्या आएपछि जहाज उड्न सकेन ।

उक्त फ्लाइटमा एयर न्यूजल्याण्डका सीईओ गर्ग फोरन पनि थिए । उनले न्यूजल्याण्डको अकल्याण्डबाट टोकियोका लागि उडेको जहाज प्रधानमन्त्री र उनका टोलीका लागि पपुवा न्यूगिनीमा ल्याण्ड गराएका थिए । प्रधानमन्त्री क्रिस्टोफर लक्सन कमर्शियल फ्लाइटमा टोकियोका लागि उड्नु परेको थियो ।

यस घटनालाई न्यूजल्याण्डका रक्षा मन्त्री जुडीथ कोलिन्सले लज्जास्पद भनेका छन् । यो जहाजले भीआईपी सवारीमा यसअघि पनि धोका दिएको थियो । सन् २०२२ मा पनि ज्यासिन्डा आर्टन अन्टार्टिकामा फसेकी थिइन् । उक्त समयमा पनि यहि जहाजमा मेकानिकल समस्या आएपछि उनि इटालीयन आर्मीको जेटमा फर्कन बाध्य भएकी थिइन् ।


Back_to_top