काठमाडौं । आकाश उडिरहेको हवाई जहाजको अगाडि भागको शीशा टुट्छ भन्ने कल्पना सम्म पनि गर्न सकिँदैन । तर आकाशमा उडिरहेको हवाई जहाजको पाइटलको अगाडिको भागको शीशा टुटेपनि कुनै दुर्घटना भने भएन ।
आकाशमा नै उडिरहेको हवाइजहाजको अगाडिको शीशा टुटेको घट्ना चीनको सिचुआन एयरलाइन्सको प्लेनमा भएको हो ।
अगाडिको शीशा टुटेपनि मुख्य पाइलटले आफ्ना को पाइलटलाई भित्र तानेर बचाएका थिए भने आकस्मिक अवतरण गरेर विमानलाई सुरक्षित बनाए । यो घट्ना भएपनि सम्पूर्ण यात्रुहरु सुरक्षित रहेका छन् ।
क्याप्टेन लियो च्वान जीएनकाअनुसार एयरबस ए ३१९ ३२ हजार फीटको उचाईमा उडिरहेको बेलामा ककपिटमा निकै ठूलो आवाज आएको थियो । र प्लेनको विण्डशिल्ड अचानक टुट्यो र प्लेनमा ठूलो आवाज आयो, शीशा टुट्ने बित्तिकै प्लेनको को पाइलट आधा बाहिर निस्किएका थिए ।
को पाइलटले सिटबेल्ट लगाएको हुँदा उनी बाहिर जान पाएनन् र उनलाई क्याप्टेनले भित्र ताने । यसै बीचमा प्लेनभित्रको प्रेशर तथा तापमान घटिरहेको हुँदा बिमानको उपकरणमा समस्या आउन लाग्यो र त्यसलाई आकश्मिक अवतरण गराईयो ।
क्याप्टेनकाअनुसार ककपिटमा हरेक सामान हावामा तैरिरहेका थिए र रेडियो सुन्न समस्या भएको थियो भने प्लेन निकै जोड्ले हल्लिरहेको थियो ।
आकाशमा नै हुँदा भएको दुर्घटनाको बेलामा प्लेन चीनको दक्षिण पश्चिमको चोंगचिंगबाट तिब्बतको ल्हासा जाँदै थियो । र सो दुर्घटनापछि प्लेनलाई चेंग्दूमा आकश्मिक अवतरण गराईएको थियो ।
सो प्लेनमा ११९ जना हवाई यात्रु सवार रहेका थिए भने सबै यात्रु सुरक्षित रहेका छन् । प्लेनलाई ल्याण्ड गरिसकेपछि करिब २७ यात्रुहरुलाई चेकअप गराईएको थियो ।
हवाई जहाजहरु आकाशमा नै हुँदा विण्डस्क्रीन टुट्ने घट्नाहरु यसअघि पनि हुने गरेका छन्, जसमा विशेष गरेर चट्यांग पर्दा वा कुनै चरा ठोक्किँदा हुने गर्दछ । तर यस्तोमा पुरै विण्डस्क्रीन टुट्ने घट्ना भने कम मात्रै हुन्छ । यो घट्नामा अचानक विण्डस्क्रीन कसरी टुट्यो भन्ने छानबिन हुँदैछ । बिबिसिबाट

