चिनियाँ जहाज विग्रिएपछि कंसाकारले यसरी मागे माफी

काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ जहाज एमए ६० मा इन्जिनमा समस्या आएपछि यात्रुहरु अलपत्र परेका छन् । मंगलबार रात्री १० बजेपछि इन्जिनमा समस्या देखिएको हो । विहानै यात्रुहरु आएपछि निगमका कर्मचारीहरुले उडान रद्द भनेका थिए । 

काठमाडौदेखि विराटनगरको उडान गर्न नसकेपछि यात्रुहरु विमानस्थल आएर फर्कनु परेको थियो । यात्रु  रिसाएपछि निगमकै एक कर्मचारीले निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई फोन गर्दा माफि माग्नुको विकल्प नभएको बताएका हुन् । यक्त विषयमा कंसाकारले समाजिक संजालमा यस्तो लेखेका छन् । 

एमए ६० चीनिया विमानको इन्जिनमा समस्या आए पछि हिजो बेलुका १० बजे सम्म मर्मत गर्न कोसिस गर्दापनि समस्या समाधान भएन र आजको फ्लाइटहरु क्यान्सील गर्दा एर्पोर्ट पुगेका यात्रुहरु निकै रिसाए के गर्ने भनि एक कर्मचारी को भरखर फोन आयो, हामिले माफि माग्ने बाहेक केहि उपाय छ र भनि जवाफ दिएँ ।


Back_to_top