काठमाडौं । हुन्डाई सान्ता-फेको पाचौं जेनेरेशन मोडलको तस्बिर बाहिर भएको छ । कम्पनीले आधिकारीक रुपमा सार्वजनिक गर्नु अघि नै ‘नेक्स्ट जेनेरेशन सान्ता-फे’को तस्बिर बाहिर आएको हो ।
इन्टरनेट मार्फत बाहिर आएको तस्बिर अनुसार नयाँ सान्ता-फेको पुरै डिजाइन परिवर्तन भएको देखिन्छ । यसको भित्री र वाहिरी आवरणमा पुरै अपडेट भएको छ । आगामी हुन्डाई सान्ता-फे अहिलेको भन्दा निकै प्रिमियम हुने सहजै अनुमान लगाउन सकिन्छ ।
यसको एक्टेरियरमा सबैभन्दा ठूलो परिवर्तन अगाडि देखिएको छ । पहिलाको राउण्ड-डे एजको सट्टामा ल्याण्ड रोभर डिफेन्डरको जस्तै बक्सी डिजाइन देख्न सकिन्छ । नोज अगाडि उठेको छ । स्पोट्स एच सेप प्याटर्न दिइएको एलइडी डीआरएल, एयरड्याम, ग्रिल र फ्रन्ट बम्परले निकै मस्कुलर लुक्स प्रदान गरेको छ ।
यसको ह्वीलआर्क एङ्गुलर छ । गाडीको ए र बी पिल्लर ग्लसीब्ल्याक कलरमा छ । तर, सी र डी पिल्लर भने बडी कलरमा पाउन सकिन्छ । रुफलाइन थोरै पछाडि स्लोप भएको छ ।
पछाडि दिइएको टेललाइट बम्पर नजिकै तल राखिएको छ । यसमा मोटो खालको ब्ल्याक बडी क्लाइडिङ दिएको छ । नयाँ दिएको स्टाइलीस मल्टी स्पोक अलोय ह्वीलले रेन्ज रोभरको झल्को दिन्छ । करिब ५ मिटर लामो हुने अनुमान गरिएको यो एसयूभीमा उच्च ग्राउण्ड क्लियरेन्स र इन्डिपेन्डेन्ट रियर सस्पेन्सन रहने छ ।

बाहिर आएको तस्बिरहरु मध्ये एक इन्टेरियरको पनि रहेको छ । यसको इन्टेरियर जस्तै क्याविन पनि प्रिमियम देखिएको छ । यसमा मल्टीपल सेड, टेक्सचरका साथै सफ्ट टच मेटिरियलको प्रयोग भएको छ ।
एसयूभीमा इन्ट्रुमेन्ट तथा इन्फोटेन्मेन्टका लागि दुईवटा स्कृन दिएको देखिन्छ । एसी भेन्ट भने इन्फोटेन्मेन्ट स्कृनको ठिक तल रहेको छ । जुन क्याविनको वारपार फैलिएको छ । यसको सेन्टर कन्सोलमा एचभीएसीका साथै अरु कन्ट्रोल बटमहरु छन् । नयाँ सान्ता-फे दुई वा तीन रोमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा समेत बिक्री भइरहेको सान्ता-फे हुन्डाईले टुसानभन्दा माथि र प्यालिसेडभन्दा तल राखेर बिक्री गर्दै आएको छ ।


