एजेन्सी । अमेरिकाको क्यालिफोर्नीयामा रहेको बेस्ड रिभीड इलेक्ट्रीक नामक कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘एरो स्पेश’बाट प्रेरित कम्युटर इलेक्ट्रीक मोटरसाइकल बनाएको हो ।
झट्ट हेर्दा नै आकर्षक लाग्ने डिजाइनमा तयार भएको यो मोटरसाइकलको नाम एन्थम दिएको छ । निकै हलुका तौल रहेको यो मोटरसाइकलमा ४.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

यसको टप स्पीड क्षमता पनि १२० किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीले यसमा रिमुभेवल र रोलेभल ब्याट्री दिएको कारण जुनसुकै ठाँउमा पनि सजिलै चार्ज गर्न सकिन्छ । उक्त ब्याट्री चार्ज गर्न २२० भोल्टको आउट लेटमा ३ घण्टा लाग्छ ।
सुइङ आर्म हाउस्ड मोटर र बेल्ट ड्राइभ सिस्टम रहेको यो बाइकले ७२ न्यूटन मिटर टर्क प्रदान गर्छ । अल्ट्रा लाइटवेट मोनोकर्क इस्पायर्ड च्यासिस प्रयोग गरी बनाएको यो बाइकको तौल जम्मा १०८ किलोग्राम रहेको छ । बाइकले १८० किलोग्रामसम्मको तौल सहजै बोक्न सक्छ ।


