काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परीक्षणको क्रममा देखिएको छ । टीभीएस सिरोन बेस नयाँ इलेक्ट्रीक स्कुटर परीक्षण भइरहेको देखिएको हो ।
होसुर बेस मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीले यस अघि नै इलेक्ट्रीक स्कुटर आइक्यूव विक्री गर्दै आएको छ । कम्पनीले केही समय अघि मात्र आइक्यूबको अपडेटेड भर्सन विक्री सुरू गरेको हो ।
कम्पनीले परीक्षण सुरू गरेको स्कुटर आइक्यूबको तुलनामा ठूलो देखिएको छ भने यो म्याक्सी डिजाइन तयार पारिएको छ । यसको साइड प्रोफाइल यसअघि प्रदर्शन गरिएको सिरोन इलेक्ट्रीकको समान देखिएको छ । यसको साइड मिरर भने आइक्यूबबाट लिइएको छ ।
यो स्कुटरमा ओभल सेप डिजिटल क्लस्टर, मस्कुलर साइड प्यानल, टू स्टेप सिट, यूनिक ग्रयाबरेल दखिएको छ ।

कम्पनीले कन्सेप्ट सिरोनमा ट्रिपल लिथियम आयन ब्याट्री दिइएको छ जसले १२ किलोवाट पावर जेनेरेट गर्छ । यो स्कुटर ९६ को स्पीड मात्र ५।१ सेकेन्डमा पूरा गर्छ । कन्सेप्ट स्कुटरले ८० किलोमिटर रेन्ज दिन्छ भने १ घन्टामा ८० प्रतिशत चार्ज हुन्छ ।
यो स्कुटर २०२३ को मध्यसम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ । टीभीएसले हालैमात्र इलेक्ट्रीक सेग्मेन्टमा ठूलो रकम लगानि गरेको छ ।


