आगामी हप्ता ओलाले सार्वजनिक गर्दै पहिलो इलेक्ट्रीक कार

काठमाडौं । भारतीय यातायात सेवा प्रदाय कम्पनी ओलाले आफ्नो पहिलो इलेक्ट्रीक कार आगामी अगष्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै नयाँ कार घोषणाको मिति जानकारी दिएको हो ।

सामाजिक संजाल टुईटरमा एउटा भिडियो सार्वजनिक गर्दै ओला कम्पनीको सीईओ भाविश अग्रवालले लेखेका छन्, ‘अगस्ट १५ मा हुने घोषणा निकै रोमान्चक हुने छ । हामी छिट्टै अन्य धेरै ठूला योजना सार्वजनिक गर्नेछौं ।’

कम्पनीले बनाएको पहिलो इलेक्ट्रीक स्कुटर ‘एस वान प्रो’ २०२१ को अगस्ट १५ तारिखमा नै सार्वजनिक भएको थियो । कम्पनीले त्यसको ठिक एक वर्षपछि कारको पहिलो कन्सेप्ट देखाउने अनुमान गरिएको छ ।

ओलाले ल्याउने आफ्नो पहिलो कार कस्तो हुन्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । भारतलाई केन्द्रमा राखेर आउने ओलाको ईभी मूल्यका हिसावले बजेटमैत्री हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top