चिनियाँ कार बजार: न्यू इनर्जी भेहिकलमा बीवाइडीको दबदवा पछ्याउँदै चांगन

काठमाडौं । चीनमा विद्युतीय कारको बिक्री क्रमशः बढ्दै गएको छ । चिनियाँ ब्राण्डहरुको संख्या र बिक्री दुबै बढ्दै गएको हो ।

अघिल्लो वर्ष ३० लाखभन्दा बढी यूनिट कार बिक्री गर्दै आफुलाई चीनकै सर्वाधिक कार बिक्रेतामा उभ्याएको बीवाइडीले यस वर्ष थप बलियो बन्ने संकेत दिएको छ । उसले सन् २०२४ मा ४० लाख कार बिक्री गर्ने लक्ष्यसहित कार उत्पादन गर्दै आएको हो ।

कम्पनीले अप्रिल २०२४ मा ३ लाख १२ हजार ४८ यूनिट कार होलसेल बिक्री गर्न सफल भएको छ । बीवाइडीलाई पछ्याउन थालेको चांगनले ५१ हजार ७०० यूनिट कार बेच्दै दोस्रो स्थान हासिल गरेको हो ।

पहिलो स्थानको बीवाइडी र दोस्रो स्थानको चांगन बीच ठूलो अन्तर देखिन्छ । तर, दोस्रो र तेस्रो स्थानको बीचमा भने खासै अन्तर छैन । तेस्रो स्थानमा ५१ हजार ४२८ यूनिटसहित जिली अटो रहन सफल भएको हो ।

सूचीको चौथो स्थानमा जीएसी एवोन ब्राण्ड परेको छ । जीएसीले २८ हजार ११३ यूनिट कार बिक्री गर्दा पाँचौ स्थानमा रहेको एलआई अटोले २५ हजार ७८७ यूनिट कार बिक्री गरेको हो ।

टप पाँच धेरै कार बिक्री गर्ने ब्राण्ड मध्ये बीवाइडी, चांगन र जीएसी एवोन नेपालमा पनि उपलब्ध ब्राण्ड हुन् ।

त्यसपछि क्रमशः एनआईओ १५ हजार ६२० यूनिट सहित छैटौं, १५ हजार ५ यूनिट सहित लिप मोटर्स सातौं स्थानमा छन् । एक्सपेङले ९ हजार ३९३, नेटाले ९ हजार १७, एसएआईसी जीएमले ८ हजार ७६२ यूनिट कार बिक्री गर्दै दशौं स्थानमा आफुलाई उभ्याएका छन् ।


Back_to_top