ठूला एसयूभीमा टोयोटाको ९० प्रतिशत बजार हिस्सा

काठमाडौं । ठूला एसयूभी सेग्मेन्टमा टोयोटाको बजार हिस्सा निकै बलियो देखिएको छ । सन् २०२३ को अप्रिल १ तारिखदेखि २०२४ मार्च ३० तारिखसम्मको आयातको आधारमा टोयोटाको बजार हिस्सा ९० प्रतिशत देखिएको हो ।

ठूला एसयूभी सेग्मेन्टमा टोयोटा ल्याण्ड क्रुजर, टोयोटा प्राडो र फर्चुनरको आयात भएको भन्सार तथ्यांकबाट देखिन्छ । उक्त तथ्यांक अनुसार यो सेग्मेन्टमा मित्शुविसी पजेरो, फक्सवागेन टोरेक पनि केही यूनिट आयात भएको थियो ।

फक्सवागेनले ४ यूनिट टोरेक आयात गर्दा मित्शुविसी पजेरो ३ यूनिट आयात भएको छ । टोयोटाले भने ल्याण्ड क्रुजर १८ यूनिट, फर्चुनर १४ यूनिट र प्राडो २९ यूनिट गरी कुल ६१ यूनिट आयात गरेको हो ।

ठूला एसयूभी सेग्मेन्टको बजार खुम्चदै जाँदा अन्य ब्राण्डका ठूला एसयूभीको आयात भएको देखिदैन ।


Back_to_top