काठमाडौं । नयाँ बर्षको अबसर पारेर सूर्योदय यातायात एण्ड अटो प्रालिले अशोक लेलैण्डका १५ थान एलवाइएनएक्स स्मार्ट इलाइट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको छ ।
यी बसहरुमा डिजिटल डिस्पले, टिभी, वाईफाई, जिपिएस, सिसि क्यामेरालगायत उपकरणहरु जडान भएका छन् ।
पूर्वाञ्चल क्षेत्रमा यातायातको नमुना स्थापितगर्दै यात्रुहरुलाई सेवा दिने उद्घोष गरेको कम्पनीले अशोक लेलैन्डका सवारी साधनको बिषेताको बारेमा जानकारी गराएको थियो ।
‘लाईफ टाईम इन्जिन जडित गाडिहरुमा फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने हुँदा अशोक लेलैण्डका सवारी साधनहरु वास्तवमै राम्रो रहेको छ’ सूर्योदय यातायात एण्ड अटो प्रालिका अध्यक्ष देबेन्द्रकुमार न्यौपाने भने ।
प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा संस्थालाई देशभरी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिए ।
‘समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेलैन्डका बसहरुले पुष्टि गरिरहेको छ, १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको छ’ कार्यक्रममा बोल्दै आइएमई मोटर्स प्रालिका सेल्स हेड सुधिर सुबेदीले आफ्नो धारणा राखेका थिए ।