अब घरबाटै यसरी काट्नुस काठमाडौं–पोखरा बसको टिकेट

काठमाडौं । नेपालमै पहिलो पटक सार्वजनिक यातायातमा अनलाइन मार्फत टिकट काट्न पाइने भएको छ । अव घरमै बसेर गाडीको सिट बुकिङ गर्न सकिने भएको हो ।

नयाँवर्षको सुरुवातसंगै सेभेन टेक संस्थाले पोखरा–काठमाडौं बस सेवामा अनलाईन टिकेटिङको सुरुवात गरेको हो । कम्पनीले सुविधा युक्त बसहरुको टिकेट अनलाइनमै उपलव्ध गराउने छ । पर्यटकिय शहर पोखरामा विशेषगरी विदेशी पर्यटक उक्त सेवाबाट लाभाम्बित हुने कम्पनीको बुझाई छ । 

बैशाख १५ गते बाट सेभेन टेकले ‘बस ओ वस’ मार्फत टिकेट बुक गर्न सकिने जनाएको छ । बस ओ वस को साइट www.busobas.comमा गएर कुन दिन कुन बसमा पोखराबाट काठमाडौं र काठमाडौं बाट पोखरा जान चाहाने यात्रुको लागि अनलाईन मार्फत टिकेट बुक गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ । रकम भुक्तानीको लागि ई–बैकिङको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 


Back_to_top