बाटोमै सवारीसाधनको प्रदुषण परिक्षण

काठमाडौं । सरकारले राजमार्गमा नै सवारीसाधनको प्रदुषण परिक्षण गर्ने भएको छ । बागमती प्रदेशले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा राजमार्गमा प्रदुषण जाँच गर्ने ब्यवस्था गरिने उल्लेख गरिएको हो ।

बजेटमा भनिएको छ, ‘प्रदेश राजमार्गका उपयुक्त स्थानमा निजी क्षेत्रसँगको सहकार्यमा रिफ्रेस एन्ड ट्रान्सफर सेन्टर तथा प्रदुषण परिक्षण सेवा संचालनमा ल्याइने छ ।’

साथै, सवारी प्रदुषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न संघिय सरकारसँग सहकार्य गर्ने कुरा बागमती प्रदेश सरकारले ल्याएको बजेटमा उल्लेख छ ।

बजेटले यातायाता क्षेत्र विकास र सुधारको लागि मकवानपुर जिल्लामा ट्रक पार्क, साइसेन्स वितरण प्रक्रिया स्वाचालित बनाउने, यातायात कार्यालयहरुमा रहेका अभिलेखहरुलाई डिजिटाइजेशन गर्ने, यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा डिजिटलाइज गर्ने जस्ता विषय उल्लेख गरेको छ ।

यसपटक पनि प्रदेश सरकारले विद्युतीय साधनको लागि आवश्यक पूर्वाधार निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर निर्माण गर्ने जनाएको छ ।


Back_to_top