पेट्रोल र इलेक्ट्रीकको बिकल्पमा बजाजको नयाँ मोटरसाइकल

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले पेट्रोल र इलेक्ट्रीकको विकल्पमा सिएनजीबाट चल्ने मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आफ्नो पहिलो सिएनजी मोटरसाइकल चाँडै बजारमा ल्याउने तयारी गरेको हो ।

बजाज अटोले आफ्नो पहिलो सिएनजीबाट चल्ने मोटरसाइकल अर्को महिना १८ जुन, २०२४ मा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ भने, हरेक वर्ष एक मोडल सीएनजी ग्याँसबाट चल्ने मोटरसाइकल ल्याउने जनाएको छ ।

हालै एक अन्र्तवार्तामा बजाज अटोका सीईओ राजिव बजाजले हरेक वर्ष एक मोडल सिएनजी मोटरसाइकल ल्याउने तयारी भइरहेको बताएका हुन् । उनका अनुसार सिएनजी मोटरसाइकल पेट्रोलको तुलनामा ५० प्रतिशत किफायती हुन्छ ।

यो वर्ष नै दुई मोडलका सिएनजी मोटरसाइकल आउने बताउँदै बजाजले भने, ‘सिएनजीमा प्रिमियम मोटरसाइकल समेत ल्याउने छौं ।’

बजाजले ल्याउने पहिलो सीएनजी मोटरसाइकल लामो समयदेखि परिक्षण भइरहेको र आगामी महिना बजारमा आउने तयारीमा रहेको छ । यो मोटरसाइकल ८० हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य कायम भएर आउने अनुमान गरिएको छ ।


Back_to_top