बजाज माेटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक, तीन मोडलको मूल्य बढ्यो (मूल्यसूची सहित)

काठमाडौं । बजाज मोटरसाइलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूचीका अनुसार तीन मोडलको मूल्य वृद्धि भएको हो ।

बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले सरकारले बजेटमार्फत भन्सार महशुल बढाएसँगै मोटरसाइकलको मूल्य पनि वृद्धि गरेको हो ।

कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै तीन मोडलको मोटरसाइकलमा मूल्य वृद्धि भएको जनाएको छ । मूल्य वृद्धि हुनेमा बजाज पल्सर १५०, पल्सर २२० एफ र एभेन्जर २२० रहेको छ । अन्य मोडलको मोटरसाइकलको मूल्य भने यथावत रहेको मूल्यसूचीमा उल्लेख छ ।

कम्पनीले जेष्ठ २५ गतेदेखि लागू हुने गरी पल्सर १५० को सिंगल डिस्क भर्सनमा ३ हजार रुपैयाँ, एभेन्जर २२० क्रुजरमा ३ हजार र पल्सर २२० एफमा २० हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । यी तीन मोटरसाइकलको नयाँ मूल्य क्रमशः २ लाख ८२ हजार ९००, ३ लाख ९९ हजार ९०० र ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top