मारुती सुजुकी बलेनोले बनायो नयाँ रेकर्ड

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक कार बलेनोको बिक्री ६ लाख नाघेको छ । भारतीय बजारमा ४४ महिनामा मारुतीले ६ लाख बलेनो बिक्री गरेको हो । यसरी हेर्दा मारुती सुजुकी बलेनो औषत मासिक १३ हजार ६ सय ३६ वटा बिक्री भएको देखिन्छ । 

मारुतीले आफ्नो प्रिमियम ह्याचब्याक कार बलेनो २०१५ को अक्टोबरमा भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो कार भारतमा मासिक रुपमा सार्वजनिक हुने विक्री तथ्यांकमा सधै १० धेरै बिक्ने मोडलमा पर्ने गरेको छ । 

भारतमा उत्पादित बलेनो जापान, अष्ट्रेलिया, ल्याटिन अमेरिका, युरोप तथा पूर्वीएसियामा समेत निर्यात हुने गरेको छ । मारुतीको प्रिमियम ह्याचब्याक बलेनो भारतको निक्कै लाकप्रिकय कार भएको मारुती सुजुकीका कार्यकारी निर्देशक (मार्केटिङ तथा बिक्री) शशांक श्रीनिवासले बताए । 

४४ महिनाको छोटो अवधिमा ६ लाख कार बिक्री हुनुले बलेनोको लोकप्रियता प्रमाणित गरेको श्रीनिवासको भनाई छ । बलेनो १.२ लिटर पेट्रोल इन्जिन जसले ८३ पीएस पावर र १.३ लिटर डिजेल इन्जिन जसले ७५ पीएस पावर दिन्छ । 

हालै मारुतीले १.२ लिटर के१२सी डुअल जेट पेट्रोल इन्जिनमा समेत बोलेनो ल्याएको छ । यो कारमा बीएस–६ इन्जिन रहेको छ । भारतमा बीएस–६ मा सार्वजनिक हुने पहिलो ह्याचब्याक कार बलेनोमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । 


Back_to_top