काठमाडौं । सन् २०२० देखि नै महिन्द्राले लगातार स्कर्पियोको नयाँ जेनेरेशन मोडलमा काम भइरहेको बताउँदै आएको थियो । कम्पनीले दुई दिनअघि नयाँ भिडियो टिजर सार्वजनिक गर्दै ‘बिग ड्याडी अफ एसयूभी’को प्रतिक्षा गर्न भनेको हो ।
एसयूभी उत्पादनमा निकै प्रसिद्ध भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्राले नयाँ जेनेरेशन स्कर्पियोलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेर सम्बोधन गरेको हो । ‘बिग ड्याडी अफ एसयूभी’ भन्ने स्लोगनले नै नयाँ जेनेरेशन मोडल फिचर लोडेड हुने बताउँछ । सार्वजनिक भएको भिडियोमा आवाज पनि भारतीय ‘विग वी’ नामले चिनिने प्रशिद्ध कलाकार अमिताभ बच्चनको प्रयोग गरिएको छ ।
अहिले बजारमा उपलब्ध स्कर्पियोको तुलनामा फरक डिजाइन, ठूलो साइज र आकर्षक फिचर रहने अनुमान गरिएको छ । कम्पनीले यसमा प्रयोग हुने अधिकांश फिचरको विषयमा जानकारी दिएको छैन ।
स्कर्पियो पहिलो पटक पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने बताइन्छ । कम्पनीले २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर गियरबक्स दिइएको छ ।
नयाँ जेनेरेशन मोडल सुरक्षा फिचरको कारण पनि अब्बल रहने अनुमान गर्न सकिन्छ । पछिल्लो पटक आएको एक्सयूभी ३०० र एक्सयूभी ७०० जस्ता मोडलले ग्लोवल एनक्यापमा उत्कृष्ट अंक हासिल गरेको छ । यस्तोमा नयाँ स्कर्पियो पनि ५ स्टार रेटिङको साथ बजारमा आउने अनुमान गर्न सकिन्छ ।
कम्पनीले नयाँ स्कर्पियोमा ६ वटासम्म एयरब्याग, रिभर्स क्यामेरा, रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, क्रुज कन्ट्रोल, सबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर दिनेछ ।
सनरुफ, ३६० डिग्री क्यामेरा, डिजिटल क्लष्टर, वायरलेस चार्जर, रुफ माउन्ट स्पीकर, हाइट एड्जस्टेवल ड्राइभिङ पाउन सकिन्छ ।


