काठमाडौंमा भोलिबाट गुड्ने छैनन् निला माइक्रो

काठमाडौं । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारी चलाउन नपाउने नीति लिएकाले उपत्यकामा चल्दै आएका निलो माइक्रो बस अब सधैँको लागि बन्द हुने भएका छन् । अहिले नेपालमा चलिरहेका निलो माइक्रोबसले उत्पादन मितिले २० वर्ष पुरा गरेकाले यी सवारी साधन भोलिबाट चलाउन रोक लगाइएको हो ।

काठमाडौंको रत्नपार्कलाई केन्द्र बनाई जोरपाटी–नारायणटार र कलंकी गुर्जुधारासम्म यस्ता माइक्रोबस चल्दै आएका थिए । सन् २००० मा नेपाल ल्याइएका ग्यासबाट चल्ने यी माइक्रोबसलाई व्यवसायीहरुले विद्युतीय सवारीमा परिणत गर्न दिन माग गर्दै आएका छन् ।

१० सिट क्षमता भनेर दर्ता भएका यी माइक्रोबस अब नयाँ पनि दर्ता हुने छैनन् । सरकारले साना सवारी साधनले कम यात्रु बोक्ने र जाम धेरै गर्ने भन्दै रोड पर्मिट दिएको छैन ।


Back_to_top