यस्ता छन् नाडाको विधान संशोधन समितिको निर्णय, समितिको बैंठक पोखरामा

पोखरा । नेपाल अटोमोवाइल एशोसिएशन अफ नेपाल (नाडा)को आज पोखरामा भएको विधान संशोधन समितिको बैंठकले नाडाको विधानमा निम्नाअनुसारको संसोधन गर्ने निर्णय गरेको छ ।

विधान संशोधन समितिका सभापति शम्भुप्रसाद दाहालको अध्यक्षतामा बसेको बैंठकले सबै प्रदेशको प्रतिनिधित्व हुनेगरि विधान संशोधन गर्ने निर्णय गरेको हो ।

यसका साथै, हाल केन्द्रिय कार्यालय काठमाडौं महानगरपालीका वडा नम्बर १३ उल्लेख रहेकोमा साविकमा कायम रहेको वडा नम्बर १२ बनाउने, विधानमा अटो शो सम्बन्धी व्यवस्था उल्लेख नभएकोमा यसलाई विधानमै थप गर्ने, ग्रैह नाफामुलक संस्था उल्लेख गर्ने, एशोसिएशनमा आर्थिक स्रोत परिचालनको लागि टिकट विक्री र प्रबेश शुल्क हटाई समसामयिक बनाउने, हरेक प्रदेश स्तरिय संरचनाबाट एक/एक जना पदेन सदस्या ल्याउने विषय समितिले पास गरेको छ ।

विधान संशोधनपछि नयाँ संरचनामा २९ सदस्यीय कार्यसमिति हुने भएको छ । जस मध्यबाट दुई उपाध्यक्ष थप गर्ने तथा चितवन र हेटौडाबाट आलो-पालो सदस्य हुने विषयमा विधान संशोधन गर्ने निर्णय भएको छ ।

विधान संशोधन समितिले पास गरेको विषयलाई अब नाडाको विशेष साधारण सभा बोलाएर पारित गरेपछि मात्रै कार्यान्वयनमा ल्याइने छ । त्यसको लागि कार्यसमिति बैंठकले विशेष साधारण सभाको मिति तोक्ने छ ।


Back_to_top