सरप्राइज गिफ्ट नै बीएमडब्लूको विलासी कार

एजेन्सी । भारतको चेन्नाईमा रहेको एउटा आइटी कम्पनीले आफ्नो उत्कृष्ट कार्यसम्पादन गर्ने ५ कर्मचारीलाई सरप्राइज गिफ्ट दिएको छ । चेन्नाईको किसफ्लो इन्क नामक सफ्टवेर कम्पनीले आफ्ना ५ व्यवस्थापकीय कर्मचारीलाई एकै पटक लग्जरी कार उपहार दिएको हो ।

कम्पनीले जर्मन कम्पनील बीएमडब्लूको लग्जरीयस सेडान बीएमडब्लु ५ सिरीजको कार उपहार दिएको हो । कम्पनीले उपहार दिएको एउटा कारको मूल्य करिब ८८ लाख भारतीय रुपैयाँ रहेको छ ।

कम्पनीले आफ्ना पाँचै जना कर्मचारीलाई कार उपहार दिन लागेको जानकारी पहिला दिएको थिएन । कम्पनीका सीईओ सुरेश सम्बन्दमले कार हस्तान्तरण गर्नु ठिक अगाडि मात्र उनीहरुलाई हस्तान्तरण कार्यक्रममा लगेका थिए ।

उपहार पाउने पाँचै जना कर्मचारी कम्पनी स्थापना भएदेखि नै कार्यरत रहेका थिए । उनीहरुले कोभिड १९ को असहज अवस्थाको बाबजुद कम्पनीलाई बलियो रुपमा खडा गरेको भन्दै उपहार दिइएको जनाइएको छ ।


Back_to_top