स्कोडा कोडियाक फेसलिफ्ट बारे थाहापाउनुहोस् ७ तथ्य (मूल्यसहित)

काठमाडौं । स्पोर्टी लुक्स, क्रिस्टललाइन डिजाइन, सेग्मेन्ट थुप्रै सुरक्षा फिचर तथा ‘सिम्पली क्लेभर’ फिचर लोडेड कोडियाक फेसलिफ्ट नेपालमा विक्री सुरु भएको छ ।

सन् २०१८ मा पहिलो पटक नेपालमा विक्री सुरु भएको कोडियाकलाई सिधै युरोपबाट आयात गरेर विक्री गर्दै आएको छ । ‘नयाँ स्कोडा कोडियाकमा सुन्दरता, आराम र इन्जिनको क्षमतालाई बलियो बनाइएको कम्पनीको दावी छ ।

सेग्मेन्टकै राम्रा फिचर र बेजोड सुरक्षाले कोडियाकलाई पूर्ण सुविधासम्पन्न एसयूभी बनाउँछ । नेपाल आएदेखि नै राम्रो विक्री पाइरहेको कोडियाकको फेसलिफ्ट मोडलले पनि राम्रो व्यापार गर्ने स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवाल बताउँछन् ।

एक्सटेरियर

स्कोडाले कोडियाकको लुक्समा विशेष परिमार्जन गर्नुका साथै एरोडायनामिक्सलाई पनि अप्टिमाइज गरिएको छ । साथै यसको ग्रिलले कोडियाकलाई झन् आकर्षक बनाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट, एलइडी हेडलाइट र फग लाइटले यसको लाइटिङलाई राम्रो बनाएको छ ।

उच्चस्तरीय इन्टेरियर

स्कोडाले कोडियाकको इन्टेरियरलाई डेकोरेटिभ स्ट्रिप, कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलइडी एम्बियन्ट लाइटिङ फङ्शन दिएर नयाँ उचाइमा पुर्याएको छ । साथै ठूला एसयूभीहरुमा पहिलो पटक एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू राखिएको छ । हिटिङ अप्सनका साथै मल्टिवे इलेक्ट्रीक सीटको व्यवस्था यसमा पाउन सकिन्छ । साथै, यसमा क्यान्टोन साउन्ड सिस्टम छ । यसको ड्यासबोर्डमा सेन्ट्रल स्पिकर र बुथमा सबवुफरको साथै अतिरिक्त दश स्पिकरहरू छन् ।

पावरफुल डिजाइन

१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पीट छ । कोडियाक अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको एसयूभी हो । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थपेको छ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ ।

इन्जिन र ट्रान्समिशन

कोडियाकमा रहेको २.० टिडिआईले १५० पीएस र ३४० एनएम टर्क जेनेरेट गर्छ । उसमा फोर व्हीलसहितको ७-स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन रहेको छ ।

सुरक्षीत र आरामदायी

नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा ९ एयरब्याग, इबीडीका साथ एबीएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकमा इलेक्ट्रीकल एड्जष्ट गर्न मिल्ने प्यानारामीक सनरुफ रहेको छ ।

राइड र ह्याण्डलिङ

स्कोडा कोडियाक ४बाई४ अल-व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पको साथ आउँछ । स्कोडाले यसमा १८-इन्चको व्हील, २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल पनि रहेको छ ।

यसमा पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि छ । यसको बुट स्पेस २७० लिटरबाट देखि २००५ लिटरसम्म बनाउन मिल्छ जुन कोडियाकको क्लासकै सबैभन्दा बढी हो । साथै यसमा किलेस इन्ट्री, स्टार्ट र स्टप बटन, भर्चुअल पेडल ओपन र क्लोज द बुट फंसन पनि उपलब्ध छ ।

इन्जिन र पावर

नेपालमा कोडियाक स्टाइल भेरियन्टमा उपलब्ध छ । यसमा १९६८ सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस् पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य १ करोड ७१ लाख रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ ।


Back_to_top