एसयूभी फेसलिफ्टमा मारुती सुजुकी र टाटाको प्रतिस्पर्धा

काठमाडौं । मारुती सुजुकी र टाटा मोटर्सले आफ्नो चर्चित एसयूभी भिटारा ब्रेजा र नेक्सनको नयाँ संस्करण सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । 

यी दुबै एसयूभी नेपाली बजारमा बिक्री भइरहेको मोडल हुन् । नेपाली बजारमा टाटा नेक्सन विभिन्न १० भेरियन्टमा बिक्री भइरहेको छ भने, बे्रजा तीन भेरियन्टमा उपलब्ध रहेको छ । 

यी दुई कम्पनी ल्याउने नयाँ मोडलपनि नेपाली बजारमा आउने छ । अहिले डिजेल इन्जिनमा मात्र उपलब्ध भिटारा ब्रेजा अब भने पेट्रोल इन्जिनमा आउने छ । 

भिटारा ब्रेजा 

मारुती सुजुकीको नयाँ भिटारा ब्रेजामा १.५ लिटर एसएचभीएस पेट्रोल इन्जिन दिने कम्पनीले जनाएको छ । बीएस ६ इन्जिनयुक्त ब्रेजामा सनरुफ, चारओटा एयरब्याग जस्ता प्रिमियम फिचर दिइएको छ । 

यसमा रहेको १.५ लिटर ‘के१५बी’ पावरट्रेनसँगै हाइब्रिड टेक्नोलोजी समावेस हुने छ । जसले १०४.७ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ । मारुती सुजुकीको सार्वाधिक सफल मोडल मध्येको एक ब्रेजाको नयाँ मोडल भारतमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा आउने छ । 

टाटा नेक्सन

भारतीय अटो उत्पादक कम्पनीकै सबैभन्दा सुरक्षीत कारको रुपमा चिनिने टाटा नेक्सनको परिमार्जित संस्करण आगामी अप्रिलमा सार्वजनिक हुने जनाइएको छ । यसको रेगुलर मोडल नेपालमा निक्कै सफल रहेको छ । साथै, यसको नयाँ संस्करण भारतमा सार्वजनिक भएको केही समयपछि नेपाल आउने छ । 

फेसलिफ्ट नेक्सनमा प्रोजेक्टर हेडल्याम्प यूनिट, नयाँ डिजाइनको एलइडी डिआरएलएससँगै इन्र्टग्रेटेड क्लस्टर, नयाँ एलइडी टेललाइट, मल्टी स्पोक अलोय ह्वील जस्ता नयाँ फिचर पाउन सकिन्छ ।

नेक्सन फेसलिफ्ट १.२ लिटर रेभोट्रोन टर्बाे पेट्रोल र १.५ लिटर रेभोटर्क डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा उपलब्ध पेट्रोल इन्जिनले ११० पीएस पावरका साथै १७० एनएम टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले पनि ११० पीएस पावर र २६० एनएम टर्क प्रदान गर्छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड एएमटी गियरबक्स लगाइने छ । 


Back_to_top