काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीले अमेरिकी ब्राण्ड टेस्लाको मोडल थ्रीसँग प्रतिस्पर्धा गर्न ल्याएको सील सेडान कारको ‘च्याम्पियन एडिसन’ सार्वजनिक भएको छ । उक्त च्याम्पियन एडिसनले सिंगल चार्जमा ७०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
च्याम्पियन एडिसनमा रेगुलर भर्सनको तुलनामा आकर्षक फिचर्सहरु थप भएर आएको छ । कम्पनीले यसको इन्टेरियरमा पनि व्यापक सुधार गरेको पाइन्छ ।
नयाँ सेडानको इन्टेरियरमा लेदर सिट, लेदर स्टेरिङ ह्विल, रियर प्राइभेसी ग्लास र आर्मरेस्ट लिफ्टिङ कप होल्डर जस्ता सुविधा थप भएका छन् ।
यसमा बाहिरी डिजाइन र लुक्स भने खासै परिवर्तन भएको छैन । सिल च्याम्पियन एडिसन नर्थ आइस ब्लु, अरोरा ह्वाइट, डार्क स्काइ ब्ल्याक र एट्लान्टिस ग्रे गरि विभिन्न ४ वटा कलरमा उपलब्ध हुने बताइएको छ । यसमा विन्ड कर्ली ग्लास र रोजमेरी ग्रे कलर अप्सन पनि उपलब्ध हुनेछ ।
यो ईभीमा स्ट्याण्डर्ड रुपमा इन्टेलिजेन्ट पावर अन÷अफ फङसन्, इलेक्ट्रोनिक चाइल्ड लक, एनएफसी कार कि, एप्पल आइओएस सिस्टम जस्ता फिचर्स थप भएका छन् ।
सिंगल चार्जमा ७०० किलोमिटर रेन्ज दिने बीवाइडी सिल च्याम्पियनले १७० किलोवाट क्षमताको मोटरमा उपलब्ध छ । यसको अधिकतम टर्क ३३० एनएम रहेको छ ।
सिल च्याम्पियनको स्टायण्डर्ड भर्सनलाई ७.५ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रति घण्टा चलाउन सकिन्छ । यसको फोर ह्विल ड्राइभ भर्सन भने निकै तिब्र गतिमा दौडन सक्ने छ । यसले मात्र ३.८ सेकेन्डमा १०० किलोमिटरको रफ्तार भेट्टाउन सक्छ । यो ईभीले १५० किलोवाटको फास्ट चार्जर पनि सपोर्ट गर्ने कम्पनीको दाबी छ ।


