यस्तो छ होन्डाको डियूल स्पोर्ट CBF-190X

काठमाडौं । होन्डाले २०२० सिबीएफ १९० एक्स चिनीयाँ बजारबाट बिक्री सुरु गरेको छ । कम्पनीले डियूल स्पोर्ट मोटरसाइकलको मूल्य १६ हजार ३८० यूआन (२ लाख ८१ हजार ६०० रुपैयाँ) तोकिएको छ ।

कम्पनीले यसलाई पहिलो पटक २०१६ को चाइना इन्टरनेशनल मोटरसाइकल ट्रेड एग्जिविसनमा यसलाई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीले २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलको रुपमा यसलाई बजारमा ल्याइएको हो ।

होन्डा सिबीएफ १९० एक्समा भि सेप एलइडी हेडलाईट, फ्रन्ट विन्डस्कृन, १२ लिटरको फ्यूल ट्याङ्क, सिंगल पिस आरामदायी सिट, वेस प्लेट लगायतका फिचर उपलब्ध रहेका छन् ।

यसमा कम्पनीले एलसीडी इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । यसमा कम्पनीले निकै तल्लो भागमा एग्जस्ट दिएको छ । यसमा पहिलेभन्दा बढी ग्राउन्ड क्लियरेन्स दिएको छ । १५० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको मोटरसाइकलमा टियूवलर टाइप ह्यान्डलबार दिएको छ । यसले यो मोटरसाइकल चलाउन निकै सजिलो भएको कम्पनीको दाबी छ ।

यसमा अगाडि यूएसडी फर्क र पछाडि मोनोसक ससपेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस रहेको छ ।

होन्डाले यसमा १८४.४ सीसी क्षमताको सिंगल सिलिण्डर, एफआई, २ भल्भ इन्जिन दिइएको थियो । उक्त इन्जिनले अधिकतम १६.८ पीएस र १६.३ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top