एनजीएमले वारेन्टी नदिने घोषणा गरेसँगै हिरोको लागि सिजीको विज्ञप्ती

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा वारेन्टी दिन नसक्ने भन्दै एनजीएमले विज्ञप्ती निकालेसँगै सिजी मोटर्सले आफुहरले सेवा दिने घोषणा गरेको छ । हिरोको लागि नयाँ आधिकारिक बिक्रेता बनेको सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउने जनाएको हो ।

कम्पनीले विज्ञप्तीमा लेखेको छ, ‘विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ ।’

सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन ।’

हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ । कम्पनीको प्रतिवद्धता छ, हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिवद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरि उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रकृया अगाडि बढाइसकेका छौं ।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ ।

‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’

सेल्स, सर्भिस, स्पेयर्स पार्टस्सँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । हामीले अबदेखि वारेन्टीलाई शुनिश्चित गर्नेछौँ । सीजीले हिरो ब्राण्ड लिनुअघि वारेन्टीका समस्या छन् भने समाधानका लागि पहल गर्ने पनि जनाएको छ ।


Back_to_top