काठमाडौं । सिजी मोटर्सले आफुले बिक्री गर्ने कार ब्राण्डको लागि ‘डेडिकेटेड’ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले ललितपुरको बागडोलमा बनाएको अत्याधुनिक सर्भिस सेन्टर आजबाट सुभारम्भ गरेको हो ।
नयाँ सर्भिस सेन्टरको संचालन सुभारम्भ गर्दै सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै कारको लागि छुट्टै सर्भिस सेन्टर संचालनमा ल्याएको बताए ।
यसअघि कार र भ्यानहरुको लागि एउटै सर्भिस सेन्टर प्रयोग गर्दै आएको सिजी मोटर्सले अब दुबैको लागि छुट्टाछुट्टै सर्भिस सेन्टर बनाएको हो । कम्पनीले आफैँ र डिलर मार्फत उपत्यकाको ४ स्थानमा सर्भिस सेन्टर स्थापना गरिसकेको जनाएको छ ।
उपत्यका बाहिर डिलर नेटवर्क विस्तार, चार्जिङ पूर्वाधार निर्माण र सर्भिस सेन्टर स्थापनालाई जोड दिदै आएको जनाएको छ । कम्पनीसँग अहिले २०० भन्दा धेरै चार्जिङ प्वइन्ट छन् । सथै, २२ डिलर मार्फत बिक्री सेवा दिदै आएको छ ।
सीजी मोटर्सले नेटा, रिडारा, एवोन, स्मार्ट, एक्सपेङ, अबतार, डायुन जस्ता विद्युतीय ब्रान्डका सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।