आयो कार किन्दा ब्याज नलाग्ने स्कीम

काठमाडौं । बजारमा बढ्दो ब्याजदरको कारण मानिसहरुले गाडी किन्न नसकेको चर्चा भइरहेको समयमा चांगनले ब्याज नलाग्ने स्कीम संचालनमा ल्याएको छ । चांगनको आधिकारीक विक्रेता एमएडब्लू वृद्धिले एल्सभीन सेडान कार किन्ने ग्राहकलाई एक वर्षसम्म ब्याज तिर्नु नपर्ने स्कीम ल्याएको हो ।

साथै, चांगनले आफ्नो प्रिमियम पीकअप हन्टर किन्ने ग्राहकलाई ५ लाखसम्मको फाइदा दिनेगरी स्कीम संचालनमा ल्याएको जनाएको छ ।कम्पनीले चांगनको एल्सभीन सेडान कार किन्ने ग्राहकलाई एक वर्षसम्म लाग्ने सम्पूर्ण ब्याज बापतको रकम आफैँ तिरिदिने जनाएको छ ।

‘एक वर्षसम्मको सम्पूर्ण ब्याज कम्पनीले ब्योहोर्ने छ । ग्राहकले गाडीको प्रिन्सिपल बापतको मात्रै पैसा तिर्दा हुन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

चांगनले एक वर्षअघि देखि नेपाली बजारमा सेडान कार र पीकअप विक्री गर्दै आएको छ । निकट भविष्यमा नै थुप्रै नयाँ मोडलको योजना गरिरहेको कम्पनीले विक्री पछिको सेवाको लागि सर्भिस सेन्टर संचालनसहितका सम्पूर्ण काम गरिरहेको छ ।

कम्पनीले ल्याएको स्कीममा गाडी किन्न चाहने ग्राहकले नक्सालमा रहेको शोरुममा गई गाडी अवलोकन गर्ने र टेष्ट ड्राइभ गर्न सक्ने छन् ।


Back_to_top