चीन-काठमाडौं यातायात सेवा सुरु, यसरी आउछन् सामान

काठमाडौं । चीन र काठमाडौं बीच सिधै यातायात सेवा सुरु भएको छ । चिनीयाँ सहर सिआन र काठमाडौँबीच सीधा रेलवे-सडक कार्गो सेवा सुरु भएको हो ।

शुक्रबार चीनको उत्तर पश्चिम प्रान्त शाङ्सीको राजधानी सिआनको सिञ्चु रेलवे स्टेसनबाट काठमाडौँका लागि सामान बोकेर रेल छुटेको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

उक्त रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउने छ भने, त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइने छ । अब सिआनबाट काठमाडौं सामान आइपुग्न ८ दिनको समय लाग्ने छ ।

अहिले छुटेकोे रेलमा पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान रहेको जनाएएको छ । यो सेवा चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।

यो सेवा शाङ्सी प्रान्तबाट दक्षिण एशियाली मुलुकसँगको पहिलो संयुक्त कार्गो रेलवे सेवा बन्न गएको छ ।


Back_to_top