दुई कोरियन ब्राण्डको एसयूभी क्रेज, क्रेटाको बुकिङ एक महिनामै ५१ हजार

काठमाडौं । कोरियन ब्राण्ड हुन्डाई र कियाले भारतमा निकै राम्रो बजार पाइरहेका छन् । त्यसमा पनि एसयूभी सेग्मेन्टको बिक्री निकै राम्रो भएको हो ।

किया सेल्टोस र हुन्डाई क्रेटाले भारतमा उत्कृष्ट ब्यापार गरिरहेको छ । यी दुबै मोडल फेसलिफ्ट भएर आएसँगै बिक्रीमा पनि नयाँ उचाई पाइरहेको हो ।

जनवरीको पहिलो साता बुकिङ खुल्ला भएको हुन्डाई क्रेटाको बुकिङ ५१ हजार पुरा भएको कम्पनीले जनाएको छ । त्यसैगरी, ७ महिना अगाडि सार्वजनिक भएको सेल्टोस एसयूभीले १ लाख यूनिट बिक्री पुरा गरेको हो ।

यी दुबै एसयूभी फिचर लोडेड छन् । एउटै प्लेटफर्म र एउटै इन्जिनमा उपलब्ध यी दुई एसयूभीमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.५ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छ ।

नेपाली बजारमा पनि यी दुबै एसयूभी राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो । तर, फेसलिफ्ट मोडल आएको ७ महिना हुँदा पनि सेल्टोस नेपाल आउन सकेको छैन । हुन्डाई क्रेटा पनि कहिले नेपाल आउँछ एकिन भएको छैन ।


Back_to_top