यस्तो छ ब्राण्ड अनुसारको नेपालमा ईभीको बजार हिस्सा

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ नेपालको ईभी बजारको लागि उत्साहजनक रहेपनि सरकारी नजर लागेका कारण चालु आर्थिक वर्ष सोचेजस्तो हुने देखिदैन ।

गत आर्थिक वर्षमा एक हजार ८०७ यूनिट इलेक्ट्रीक कार विक्री भएको थियो । तर, सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत १०० किलोवाट माथि क्षमताको पीकपावर भएका गाडीमा भन्सार बढाउनुको साथै, अन्तःशुल्क पनि लगाएको कारण चल्तीको मोडलको आयात नै रोकिएको अवस्था छ ।

गत आर्थिक वर्षमा ३९ प्रतिशत बजार हिस्सा सहित टाटा मोटर्सले विद्युतीय कारको सेग्मेन्टमा सर्वाधिक बजार हिस्सा ओगट्न सफल भएको हो । कम्पनीले एक वर्षको अवधिमा ६९६ यूनिट विद्युतीय कार नेपाल ल्याएर विक्री गर्न सफल भएको थियो ।

दोस्रो स्थानमा एमजी (मोरिस ग्यारेज) परेको छ । एमजीको जेडएस माघपछि नेपाल आएको छैन । यसका बाबजुद साउनदेखि पुस महिनाको बीचमा एमजीले ६०२ यूनिट इलेक्ट्रीक कार नेपाल ल्याएर विक्री गरेको थियो । कम्पनीले ३३ प्रतिशत बजार हिस्सा आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

हुन्डाईले आफ्नो चर्चित दुई मोडल कोना र आयोनीक फाइभको विक्री १८४ यूनिट गरेको थियो । कम्पनीले अहिले १० प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यसैगरी ८ प्रतिशत बजार हिस्सासहित बीवाईडी चौथो स्थानमा पर्न सफल भएको छ । कम्पनीले १५३ यूनिट ईभी विक्री गरेको थियो ।

निसानले लिफको विक्रीबाट ४ प्रतिशत बजार हिस्सा ओगटेको छ भने टेस्ला १ प्रतिशत र अन्य ब्राण्डले ४ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।


Back_to_top