काठमाडौंमा बस चढ्न ज्वरो जाँच्नु पर्ने !

शांकेतिक तस्विर
शांकेतिक तस्विर

काठमाडौं । सुन्दर यातायातले रिङरोडमा संचालन गरेको इलेक्ट्रीक वस चढ्नेले अनिर्वायरुपमा ज्वरो जाँच गर्नु पर्ने भएको छ ।

इलेक्ट्रीक बसमा ज्वरो आएका मानिसले यात्रा गर्न पाउने छैनन् । अहिले रिङरोडमा सुन्दर यातायातले दुईवटा बिद्युतीय बस सञ्चालन गरिरहेको छ ।

विश्वभर कोरोना भाइरसको कहर चलिरहेको बेला सावधानी अपनाउन भन्दै सुन्दर यातायातले यात्रुको ज्वरो परिक्षण सुरु गरेको जनाएको छ ।

‘यात्रुको ज्वरो नाप्नकै लागि हामीले चारवटा थर्मोमिटर ल्याएका छौं, रोग लाग्न नदिन हामीले सुरुमै सजकता अपनाएका हौं’, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले मेरोअटोसँग भने ।

सुन्दर यातायातले संचलन गरिरहेको बस चिनियाँ बिएके कम्पनीले बनाएको र उसले सबै देशमा बिक्री गरेको बसमा कोरोना परिक्षण गर्न थर्मोमिटर पठाएको थापाले जानकारी दिए ।


Back_to_top