स्पीड अनुसार आफैँ गियर चेन्ज गर्ने साइकल

काठमाडौं । प्रिमियम ब्राण्ड फायर-फक्स साइकलले नयाँ सिभीटी सिस्टम भएको साइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा इन्फिनिटी ७०० सी सार्बजनिक गरेको हो ।

प्रिमियम साइकल ब्राण्ड फायर-फक्सले इन्फिनिटी ७०० सीमा युनिक फिचरको रुपमा सिभीटी गियरबक्स दिएको छ । सामान्यतया स्कुटरहरुमा उपलब्ध हुने सिभीटी गियरबक्स यसमा दिएको हो ।

इन्फिनिटी ७०० सीले ‘कन्टीनिवस्ली भेरियवल प्लेनेटरी’ हब प्रयोग गरेर यो साइकल निर्माण गरेको हो । भारतमा फायर–फक्सले सिभीपी हबहरु प्रयोग गर्ने विषेश अधिकार पाएपछि यो साइकल सार्वजनिक गरेको हो ।

सिभीपी हबले ‘लो रेसियो’मा गियर परिवर्तन गर्न सहयोग गर्छ । त्यही कारण साइकलको प्याडलिङ लोड र गतिको आधारमा ड्राइभिङ समायोजन गर्छ । यसले ट्राफिक जाम, उकालो-ओरालोे र अफ्ठ्यारा बाटोहरुमा आफै गियर परिबर्तन गर्ने काम गर्छ । चालकले प्याडलमा मात्रै ध्यान दिए पुग्नेछ ।

सिभीपी हबले साइकल स्लो भए गियर घटाउने र फास्ट भए गियर बढाउने काम आफैँ गरिरहन्छ । साइकल चलाउने चालकले गियरको विषयमा ध्यान नै दिनु पर्दैन । यो साइकल जस्तोसुकै भूभागमा चलाउन सकिने छ ।

इन्भोलो सिभीपीमा इन्पुट रिङ प्याडलद्धारा संचालित हुन्छ र आउटपुट रिङले पछाडिको पाङ्ग्रा चलाउने काम गर्छ ।

इन्फिनिटी ७०० सीमा हाइब्रिड टायर, २१ स्पीडको स्मुथ गियर, डुवल वाल रिमहरुका साथै दुबै छेउमा ज्याक-७ तारयुक्त डिस्कब्रेक रहेको छ । यो साइकल सहरी यात्राको लागि एकदमै उपयुक्त रहेको कम्पनीको दावी छ ।


Back_to_top