अटोकर्जाको जोखिमभार घट्ने, ब्याजदर सस्तो हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले अटोमोवाइल ब्यवसायीले उठाउँदै आएको विषयलाई सम्बोधन गर्ने भएको छ ।

केन्द्रिय बैंकले हायर पर्चेज, सेयर र रियल स्टेट कर्जामा तोकिएको जोखिमभारलाई परिमार्जन गर्ने उल्लेख गरेको छ । अहिले यी क्षेत्रमा १५० प्रतिशतसम्म जोखिम भार रहेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बजार चलायमान बनाउने प्रयास थालेको उसले लिएको नीतिले देखाउँछ । अहिले रहेको जोखिमभार घटाउँदा बजारमा थप ब्याजदर घट्ने छ ।


Back_to_top