तयार भयो उच्च ग्राउन्ड क्लियरेन्स भएको ‘रेन्जर रेप्टर’

अमेरिकन अटो निर्माता कम्पनी फोर्डले आगामी अगस्ट २१ मा हाईपरफर्मेन्स कार ‘रेन्जर रेप्टर’ सार्वजनिक गर्ने भएको हो । कम्पनीले युरोपको सबैभन्दा ठूलो गेमिङ इभेन्ट गेम्सकाममा आफ्नो नयाँ पिकअप सार्वजनिक गर्न लागेको हो ।

उक्त इभेन्टमा करिब तीन लाख ५० हजारभन्दा बढी भिजिटरले अवलोकन गर्ने कम्पनीले आँकलन गरिएको छ । यसअघि कम्पनीले गुडवूड फेस्टिबलमा सार्वजनिक गरेको रेन्जर रेप्टरलाई बजारमा ल्याउने अन्तिम तयारी गरेको बुझिएको छ । नयाँ प्रडक्टमा भर्चूअल एक्सपिरियन्स दिने योजनाअनुरुप कम्पनीले इभेन्टमा चार रेसिङ्ग सिम्यूलेटर तथा आठ रेस पोड्स लगाउने जनाएको छ । 

फोर्डको यो मोडल अस्ट्रेलियामा उत्पादन गरिएको हो । अस्ट्रेलियालाई रेन्जर रेप्टरको सबैभन्दा ठूलो बजारको लिइन्छ । यसमा २.० लिटर टर्बाेचाज्र्ड डिजेल इञ्जिन लगाइएको छ, जसले २१० बीएची पावरकासाथै ५०० एनएम टर्क उत्पादन गर्न सक्छ । यसमा टपस्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ भने, चेसिसलाई नयाँ अवधारणामा डिजाइन गरिएको छ ।

रेप्टरमा फरक–फरक ड्राइभिङ मोड्सको साथै टेरेन म्यानेजमेन्ट सिस्टम उपलब्ध छ । कम्पनीले नयाँ मोडलको डाइमेन्सनमा केही परिमार्जन गरेको छ । पुरानो मोडलको तुलनामा यसको ग्राउन्ड क्लिरियन्स बढी रहेको कम्पनीले दाबी गरेको छ । 

अफरोड राइडिङलाई सहज बनाउन यसमा २८३ एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ । यसको अलवा कारमा १७ इञ्च अलाय ह्वील, बे्रकिङ्गका लागि ट्वीन पिस्टन क्यालिपर्स, दुबै एन्डमा डिस्कब्रेक लगाइएको छ । साथै, बडी प्रोटेक्ट गर्नका लागि २.३ एमएम मोटो हाइस्ट्रेन्थ स्टीलको वेशप्लेट दिइएको छ ।


Back_to_top