नयाँ यामाहा एफजेडएस एफआई भी-४ सार्वजनिक, यस्तो मूल्य

काठमाडौं । यामाहा इन्डियाले आफ्नो सर्वाधिक सफल मोडल एफजेडएस एफआई भी ४ को २०२४ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले सेग्मेन्ट फ्रस्ट फिचरसहित एफजेडएसको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले २०२४ मोडल एफजेडएस एफआईको भी ४ को मूल्य १ लाख ३० हजार ४०० भारतीय रुपैयाँ एक्स शोरुम मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

विभिन्न कस्मेटीक अपडेटका साथ आएको मोटरसाइकल दुई नयाँ कलरमा उपलब्ध छ ।

यामाहाले भी ४ मा ब्लूटूथ कनेक्टिभिटी फिचरसमेत दिएको छ । भी ४ मा सेग्मेन्ट फ्रस्ट फिचरको रुपमा ट्रयाक्सन कन्ट्रोल फिचर दिइएको छ । यसमा फोनको ब्याट्री अवस्था, टर्न वाई टर्न इन्डिकेटर, कल अलर्ट, एसएमएस अलर्ट जस्ता सुविधा पाउन सकिन्छ ।

यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ ।

नेपालमा यामाहाका मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनी एमएडब्लू राइडले हालसम्म यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छैन् । कम्पनीले पछिल्लो समय नेपालमा एफजेड २५० को बिक्रीसमेत बन्द गरेको छ ।


Back_to_top