काठमाडौं । के तपाईलाई उच्च रक्तचापको समस्या छ वा सधैँ पखाला लागि रहन्छ या इमियून सिस्टमलाई सुधार गर्नुछ ? यस्ता खाले समस्या भएका मानिसलाई उपयुक्त स्काइवेलका गाडी भएको कम्पनीका अध्यक्ष ह्वाङ होङसेङले दावी गरेका छन् ।
माथि उल्लेख भएका कुनै पनि समस्या छन् भनेपनि स्काइवेलका विद्युतीय गाडी चढेपछि ठिक हुने होङसेङले बताए । केही दिनअघि सम्पन्न भएको वेइजीङ अटो शोमा स्काइवेलका संस्थापक होङसेङले स्काइवेल ड्राइभ गर्नेको उमेर ३० वर्षसम्म बढ्ने जनाएका छन् । यसको मतलब स्काइवेलका चालकहरु १०० वर्षभन्दा बढि बाच्नेछन् ।
वेइजीङ अटोशोमा बोल्दै उनले भने ‘स्काइवेलका ईभी चलाउन थालेपछि मेरो उच्च रक्तचाप, डाइवेटीक तथा अन्य स्वास्थ्य समस्याहरु समाधान भए ।’
उनको यो दावीमा बैज्ञानीक पुष्टी कतैबाट भएको त छैन तर, स्काइवेलको वेभसाइटमा स्काइवेल इटी–५ मा एक्टीभ स्लीप प्रमोशन टेक्नोलोजी भएको उल्लेख छ । यो टेक्नोलोजीले डीप स्लीपका लागि सहयोग गर्नुका साथै स्लीक क्वालीटी तथा हेल्थ इन्डीकेटरको समेत मोनिटर गर्नेछ ।
सस्थापक होङसेङका अनुसार उनी प्रत्येक दिन दिउँसोको समयमा स्काइवेलमा सुत्ने गरेका छन् । गाडीमा सुत्नु भनेको अफिसमा सुत्नुभन्दा उत्कृष्ट अनुभव हुने उनको भनाइ छ । अफिसमा सुत्दा कामका बारेमा सोचिरहनु पर्छ ।
स्काइवेल चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी हो । चाइनाको इलेक्ट्रोनीक्स कम्पनी स्काइवर्थ र ननाजीङ ड्रागन बस कम्पनीको जोयन्ट भेन्चरका रुपमा सन् २०१७ मा स्काइवेल स्थापना भएको हो ।
पछिल्लो समय कम्पनीले राइट ह्याण्ड ड्राइभ एसयूभी पनि उत्पादन गरिरहेको छ । स्काइवेलको ईभी नेपालमा जी मोटर्सले आयात गरी बिक्री गरिरहेको छ ।
नेपालमा उपलब्ध मोडल ८६ किलोवाट आवरको ब्याट्री भएको टप भेरियन्ट हो । यो ईभीले एक पटकको फुल चार्जमा ६२० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।