ग्यारो ईभीको दशैं अफर : १५ हजार नगद छुट, हेलमेट सित्तैमा

काठमाडौं । ग्यारो ईभीले आकर्षक दशैं अफर सार्वजनिक गरेको छ ।

नेपालमा ग्यारो ईभीका स्कुटर बेच्दै आएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले विशेष अफर ल्याएको हो।

यस अफर अन्तर्गत ग्राहकले ग्यारोको हरेक स्कुटर खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउने छन् ।

त्यस्तै, कुनै पनि स्कुटर वा मोटरसाइकल एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ थप मूल्यांकन, स्कुटर किन्नेले हेल्मेट सित्तैमा पाउने छन् । साथै, सरल फाइनान्स सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

ग्यारोको इलेक्ट्रीक स्कुटरमा ३००० वाटको इलेक्ट्रीक मोटर छ भने ८५ वाट आवरको लिथियम आयन ब्याट्री छ । यस स्कुटरले एकपटकको फुलचार्जमा २५० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

यो अफर ग्यारोका देशभरका सबै शोरुमहरूमा सीमित अवधिसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top