काठमाडौं । सरकारी सवारी दुरुपयोग जाँचका लागि सबै सरकारी सवारीमा जीपीएस जडान गरिने भएको छ । सरकारी सवारीमा ट्रायाकिङ सिस्टम जडान गरिने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले नेपालेट्स डटकम सार्वजनिक गदै अब सबै सरकारी सवारीमा जीपीएस जडान गरिने बताएका हुन् । उनले इ–गभरनेन्स निर्माणको निम्ती सवारीमा जीपीएस जडान अति महत्वपूर्ण रहेको बताए । ‘हामी सवारी दुरुपयोग रोक्ने सबै सरकारी गाडीमा ट्रयाकिङ सिस्टम जडान गर्ने छौं,’ मन्त्री पण्डीतले भने ।
उनले उनले इ–गभरनेन्स निर्माणको निम्ती निजी क्षेत्रले ल्याएका सिस्टमहरुलाई समेत सरकारले अपनाउदै लाने बताए । यस्तै यातायात विभागका महानिर्देशक कुमार दाहालले इ–ट्रान्सपोर्टेसन सर्भिसले ल्याएको नेपालेट्स स्वागत योग्य भएको बताएका छन् । यसमा विभागले गर्नु पर्ने सबै सहयोग गर्ने उनले विश्वास दिलाए ।
सवारी ढुवानीलाई सहज बनाउनका लागि इ–ट्रान्सपोटेसन सर्भिसले नेपाललेट्स सञ्चालनमा ल्याएको छ । अबको समयमा वेबसाइड तथा मोबाइल एप्लिकेसनको सहयोगमा नेपालेट्सबाट सहजै सेवा लिन सकिने नेप्लेट्सका प्रबन्ध निर्देशक सन्तोष मण्डलले बताए ।
उनले यस वेभसाइडमा ढुवानीकर्ता तथा व्यवसायी निःशुल्क रुपमा जरिष्टर गर्न सक्ने जानकारी दिए । रजिष्टर भइसकेपछि सेवाग्राहीले घर तथा अफिसमा बसेर आवश्यक सेवा लिन सक्ने उनले विश्वास दिलाए ।
उनले इ–ट्रानसपोर्टेसन सर्भिसले नेपालभर जुनसुकै ठाउँमा सेवा पुर्याउने साथै ढुवानीका क्रममा सवारी बिग्रीए मर्मत गर्न समेत सहयोग गर्ने बताए ।
इ–ट्रानसपोर्टेसन सर्भिस सेवाका लागि यातायात व्यवसायी, चालक, सवारी मर्मत गर्ने वर्कशप र सेवा ढुवानी कम्पनी वा व्यक्ति समेत रजिष्टर हुनुपर्ने छ । सुरुको चरणमा कम्पनीले रजिष्टर भएका क्षेत्रमा मात्र ढुवानी गर्ने मण्डलले जानकारी दिए । यसले राजश्वदेखि सामान तथा ढुवानीको मूल्यलाई समेत एकाग्रह गर्ने उनले बताए ।

