युरोपियन इलेक्ट्रीक एसयूभीको मूल्य १९ लाख रुपैयाँ

काठमाडौं । युरोपियन जाइन्ट स्टेलान्टीस ग्रुप अन्तर्गतको सिट्रोन र प्यूजोले उत्पदान गरेको हेडमोस०६ इलेक्ट्रीक एसयूभीको मूल्य १९ लाख ४ हजार रुपैयाँ हाराहारी कायम भएको छ । चीनमा बिक्री सुरु भएको हेडमोस ब्राण्डको पहिलो ईभी मूल्यको कारण पनि चर्चामा आएको हो ।

चिनियाँ साझेदार डोङफेङसँग मिलेर स्टेलान्टीस ग्रुपले नयाँ ब्राण्ड हेडमोस घोषणा गरेको थियो । कम्पनीले हेडमोस०६ लाई १४ हजारदेखि २० हजार अमेरिकी डलरसम्म मूल्य राखेर बिभिन्न

हेडमोस-०६ को लम्बाइ ४६७० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६१७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

निकै स्मार्ट क्याविन रहेको एसयूभीमा टु स्पोक स्टेरिङ ह्वील, टेक फिचरको ब्यापक प्रयोग, फ्लोटीङ स्कृन दिइएको छ । कम्पनीले यसमा १६० किलोवाट क्षमताको मोटर दिएको छ । उक्त मोटरलाई पावर दिन ६२.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज ४१० किलोमिटर हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

चीनमा डोङफेङ र स्टेलान्टीस बीचको साझेदारी ३३ वर्ष पुरानो हो । उनिहरुले २०१९ मा हेडमोस नामबाट नयाँ ब्राण्डको ट्रेडमार्क दर्ता गराएका थिए । यही मार्च ३ मा हेडमोस ब्राण्ड घोषणा गरेका थिए ।


Back_to_top