काठमाडौं । हिरोले प्रि मनसुन क्याम्प आयोजना गर्ने भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले असार ८ देखि १३ गतेसम्मका लागि प्रि मनसुन क्याम्प योजना संचालन गर्ने भएको हो ।
यस योजना अनुसार हिरोको मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ वा अन्य रिपियरमा विभिन्न किसिमका छुटहरू पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले यस क्याम्प अवधिभर स्पेयर पार्टस र इन्जिन आयलमा १० प्रतिशत, लेबर चार्जमा पनि ५० प्रतिशतसम्म छुट दिने भएको छ । साथै, मोटरसाइकल वा स्कुटरको वास पनि कम्पनीले निःशुल्क गरिदिने भएको छ ।
कम्पनीले तोकेको यो मनसुन क्याम्पभर हिरोका ग्राहकले एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट(एएमसी) लिँदा पनि ३० प्रतिशत छुट पाइने छ ।
उक्त क्याम्प हिरोको सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरहरूमा संचलन हुनेछ । यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ ।