काठमाडौं । नेपालमा हिराको नयाँ एक्सट्रीम २५० आर मोटरसाइकल भोलि (मंगलबार) सार्वजनिक हुने भएको छ ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक कम्पनी सीजी मोटर्सले भोलि नाडा अटो शो २०२६ मा हिरो एक्स्ट्रीम २५० आर बिक्री सुरू गर्ने भएको हो ।
कम्पनीले अटो शोका लागि नेपाल भित्र्याएको एक्सट्रीम २५० आर नेपालमा हिरोको अहिलेसम्मकै सबैभन्दा ठूलो इन्जिन क्षमताको मोडल हो ।
यद्यपि, सीजी मोटर्सले यो मोटरसाइकल गत वर्षको नाडा अटो शोमा प्रदर्शन गरे पनि आधिकारिक रूपमा बिक्री सुरू गरेकाे छैन ।
एक्स्ट्रीम २५० आरमा लो स्लङ्ग हेडल्याम्प, सार्प एक्टेन्सनका साथ स्कल्प्टेड गरिएको इन्धन ट्याङ्की र अपस्वेप्ट गरिएको टेल सेङसन दिइएको छ ।
मोटरसाइकलमा टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाइन्छ । जसमा ब्लुटूथ मार्फत स्मार्टफोन कनेक्ट गर्न सकिन्छ । यसका साथै, यसमा टर्न बाइ टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल एसएमएस अलर्ट नटिफिकेसन, भेहिकल डायग्रोस्टिक मनिटरिङ सिस्टम, ड्र्याग टाइमर, ल्याप टाइमर, पूरा एलईडी लाइट लगायतका सुविधाहर छन् ।
नेकेट स्पोर्टी डिजाइनमा रहेको एक्स्ट्रीम २५० आरको फ्रन्टमा अप साइड डाउन फोर्क र रियरमा ६ स्टेप प्रिलोड एड्जस्टेवबल मोनोसक सस्पेन्सन सेटअप, ट्युबलेस टायर, अलोय ह्वील, दुवै टायरमा डिस्कब्रेक तथा सिंगल च्यानल स्वीचेबल एबीएस सिस्टम पाउन सकिन्छ ।
कम्पनीले नयाँ हिरो एक्स्ट्रीम मोटरसाइकलमा २५० सीसी क्षमताको लिक्वीड कुल्ड, डीओएचसी, फोर भल्ब, एफआई इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम ९२५० आरपीएममा ३० ब्रेकहर्स पावर तथा ७२५० आरपीएममा २५ एनएम टर्क जेनेरेट गर्छ ।
६ स्पीडको गियरबक्सका साथ स्लिपर र असिस्ट क्लच उपलब्ध यस मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड ३.२५ सेकेण्डमा पूरा गर्छ ।


