१२५ सीसीका दुई मोटरसाइकलः मूल्यमा १३ हजार फरक, तपाईको छनोटमा कुन ?

काठमाडौं । नयाँ वर्षमा कम रकम खर्च गरेर नयाँ मोटरसाइकल किन्ने सोच्दै हुनुहुन्छ भने १२५ सीसी क्षमताका बजाज पल्सर र होन्डा सिवी साइन मध्ये एक तपाईको रोजाइमा पर्न सक्छ ।

यी दुबै मोटरसाइकल उत्कृष्ट डिजाइन, उच्च माइलेज र राम्रो सर्भिसको कारण चर्चामा रहन सफल भएका हुन् । यी दुई मध्येपनि होन्डा सिबी साइन लामो समयदेखि नेपाली सडकमा सफलता पाइरहेको मोटरसाइकल हो ।

होन्डा साइनको सफलता देखेरै बजाजले पनि १२५ सीसी सेग्मेन्टमा पल्सर ल्याएको हो । यस्तोमा नेपाली बजारमा पनि यी दुई मोडल वीच कडा प्रतिस्पर्धा सुरु भएको छ ।

अहिले बजारमा यो सेग्मेन्टमा होन्डा सीबी साइन, टीभीएस स्टाइकर, हिरो स्प्लेन्डर, बजाज पल्सर १२५, यामाहा सलुटो जस्ता मोटरसाइकल विक्री भइरहेका छन् । यी मध्ये बजाज पल्सर १२५ र होन्डा सिबी साइन बीचको प्रतिस्पर्धा अझ कडा देखिन्छ ।

इन्जिन

होन्डा सिबी साइनमा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा १०.१६ बीएच पावर तथा ५५०० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै बजाज पल्सर १२५मा १२४.४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६५०० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । सिबी साइनमा ४ स्पीड र पल्सर १२५ मा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । पावरको मामलामा बजाज पल्सर पावरफुल रहेको छ ।

डाइमेन्सन

सिबी साइनको कुल तौल १२२ केजी रहेको छ । यस्तै यसको लम्बाई २०१२ एमएम, चौडाई ७६२ एमएम, उचाई १०९० एमएम र ह्वीलबेश १२६६ एमएम रहेको छ ।

तर, पल्सर १२५ को कुल तौल १४० केजी रहेको छ । यस्तै यसको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम र ह्वीलबेश १३२० एमएम रहेको छ । यस्तै सिबी साइनको ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ भने पल्सर १२५ को १६५ एमएम रहेको छ ।

सस्पेन्सन

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ । सिबी साइनको रियरमा स्प्रिङ लोडेड हाइड्रोलि सस्पेन्सन रहेको छ भने, पल्सर १२५ मा ट्वीन ग्यास सस्पेन्सन रहेको छ ।

ह्वील तथा ब्रेक

यी दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । यी दुबै मोटरसाइकलको फ्रन्टमा २४० एमएमको डिस्क तथा रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । बजाज पल्सर १२५ मा १७ इन्च ट्यूवलेस टायर रहेको छ भने होन्डा सिबी साइनमा १८ इन्च अलोय ह्वील रहेको छ ।

यी दुबै मोटरसाइकलमा हेलोजीन हेडल्याम्प रहेको छ भने एलइडी टेल ल्याम्प रहेको छ । दुबै मोटरसाइकलमा सेमिडिजिटल कन्सोल रहेको छ । सिबी साइनमा एनालग स्पीडोमिटर रहेको छ भने, पल्सर १२५ मा डिजिटल रहेको छ ।

मूल्य

होन्डा सिबी साइनको मूल्य नेपाली बजारमा २ लाख २५ हजार ९०० रुपैयाँ रहेको छ भने बजाज पल्सर १२५ को मूल्य २ लाख ३८ हजार ९०० रुपैयाँ तोकिएको छ । होन्डा साइन पल्सर १२५ को तुलनामा १३ हजार सस्तो रहेको छ ।


Back_to_top