मासिक १२ हजार किस्तामा आफ्नै सामान बोक्ने गाडी

काठमाडौं । थोरै लगानीमा आफ्नै साधन चलाएर व्यवसायमा सहजता ल्याउन चाहनेको लागि मारुती सुजुकीको सुपर क्यारी उपयुक्त साधन बन्न सक्छ । सिजी मोटोकर्पले नेपालमा विक्री गर्दै आएको सुपर क्यारी कम्पनीको नाममा खरिदगर्दा कम डाउन पेमेन्टमा किन्न सकिने गाडी हो ।

कम्पनीले यसको मूल्य १५ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने नयाँ वर्ष स्कीममा ५० हजार नगद छुट दिने घोषणा गरेको छ । कम्पनीको छुटपछि ग्राहकले १५ लाख ४९ हजारमा सुपर क्यारी किन्न सक्ने छन् । कम्पनीको नाममा खरिद गर्ने ग्राहकले ७० र व्यक्तिको नाममा खरिद गर्नेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकम बैंकबाट कर्जा लिन सक्ने छन् ।

व्यक्तिले खरिदगर्दा यसको डाउन पेमेन्ट वापत ७ लाख ७४ हजार ५०० रुपैयाँ बुझाउनु पर्छ भने त्यति नै रकम कर्जा वापत लिन सकिन्छ । सिजी मोटोकर्पले अहिले नविल बैंकसँग सम्झौँता गरेर ७.४९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ । यसरी लिएको कर्जा ७ वर्षमा तिर्दा मासिक ११ हजार ८७५ रुपैयाँ किस्ता वापत बुझाउनु पर्ने हुन्छ । कम्पनीले अहिले सुपर क्यारी किन्ने ग्राहकलाई एक वर्षको बीमा पनि उपलब्ध गराउने जनाएको छ ।

मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

उसोत बजारमा यसको सिधा प्रतिस्पर्धा टाटा एससँग हुने गरेको छ । विक्रीको हिसावले टाटा एस निकै अगाडि रहेको छ । यद्यपी सुजुकीले लाइट कमर्शियल सेग्मेन्टमा विक्री गर्दै आएको यो गाडी किनै राम्रो पर्फमेन्सको लागि परिचित रहेको छ ।

यस्तो छ सुपर क्यारी

७ सय ९३ सीसीको दुई सिलिण्डर डिजेल इन्जिन भएको सुपर क्यारीमा ५ स्पीड म्यानुयल ट्रान्समिसन रहेको छ । उक्त इन्जिनले अधिकतम ३२.६३ वीएच पावर तथा ७५ एनएम टर्क जेनेरेट गर्छ । एआरएआईका अनुसार सुपर क्यारीले २२.०७ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षमता रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । यसमा १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ ।

लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, ड्यूअल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा पाउन सकिन्छ । १२ इन्चको ह्वील, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक सुपर क्यारीको मुख्य विशेषता हो ।


Back_to_top