हुन्डाईको नेपाल प्लान्ट भोलिबाट औपचारिक संचालनमा आउँदै

सांकेतिक तस्बिर

काठमाडौं । हुन्डाईले बनाएको एसेम्बली प्लान्ट भोलिबाट आधिकारीक रुपमा संचालनमा आउने भएको छ । नवलपरासीको रामग्राम क्षेत्रमा निर्माण भएको प्लान्ट भोलि (शुक्रबार) एक कार्यक्रमका बीच उद्घाटन हुन लागेको हो ।

कोरियन कार निर्माता हुन्डाईले नेपालमा लगाएको एसम्बली प्लान्टबाट भेन्यू मोडलको उत्पादन सुरू हुन लागेको हो । लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईको एसेम्बली प्लान्ट स्थापना गरेको हो ।

लक्ष्मी मोटर २०७६ सालमा स्थापना भएको कम्पनी हो । सुरुमा वार्षिक ८ हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य कम्पनीले निर्धारण गरेको थियो । कम्पनी दर्ता भएपनि सरकारी नीतिले साथ नदिदा लामो समय प्लान्ट स्थापना हुन सकेको थिएन ।

एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बजेटले बनाएसँगै प्लान्ट निर्माणको काम अगाडि बढेको थियो । अहिले एसेम्बलको लागि ल्याइने सिकेडी किट आयातगर्दा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।

नयाँ प्लान्टमा उत्पादन भएको भेन्यू सब फोर मिटर एसयूभीलाई आगामी शनिवार सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको बुझिएको छ । मूल्य घट्ने वा नघट्ने विषयमा आधिकारीक जानकारी शनिवार मात्रै आउने छ ।


Back_to_top