चौथो जेनेरेशन स्वीफ्टले प्रतिलिटर २५.७५ किलोमिटर माइलेज दिने

काठमाडौं । मारुती सुजुकीले चौथो जेनेरेशन स्वीफ्ट लन्च गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा एक कार्यक्रम आयोजना गरी नयाँ स्वीफ्ट लन्च गरेको हो ।

नयाँ जेनेरेशन स्वीफ्टमा १.२ लिटर जेड१२ई सिरिज थ्री सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले प्रतिलिटर २५.७५ किलोमिटर माइलेज दिने दावी गरेको छ ।

नयाँ स्वीफ्टमा फाइभ स्पीड एएमटी र म्यानुअल गियरबक्स पाउन सकिन्छ । सुजुकीले यसलाई विभिन्न १२ कलर अप्सनमा उपलब्ध गराउने छ । नयाँ स्वीफ्टमा वायरलेस स्मार्ट फोन इन्ट्रीगेसन सहितको ९ इन्चको स्मार्ट प्ले प्रो टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

यसमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, अपडेटेड इन्ट्रुमेन्ट प्यानल, १५ इन्चको अलोय ह्वील, एलइडी फगल्याम्प, वायरलेस चार्जिङ प्याड, रिभर्स पार्किङ क्यामरा, रियर एसी भेन्ट जस्ता फिचर छन् ।

स्वीफ्टमा पहिलो पटक ६ वटा एयरव्याग स्टायण्डर्ड गरिएको छ । यो कारले जापानमा भएको जेएनक्याप क्रयास टेस्टमा फोर स्टार रेटिङ पाएको छ । मारुती सुजुकी स्वीफ्टको पहिलाकै साइजको २४५० एमएमको ह्वीलवेस रहेको छ । नयाँ कारको लम्बाई ३८६० एमएम, चौडाई १७३५ एमएम र उचाई १५२० एमएम रहेको छ ।


Back_to_top